कांग्रेस सभापतिका उम्मेदवार निधि विवादमा : ‘ठगीका अभियुक्त’सँग करोडौँ लिएको कागजात फेला !

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०१, २०७८ | २१:१५:०१

काठमाडौं, १ असोज । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पटक पटक महत्वपूर्ण मन्त्रालय सम्हालेका निधि नेपाली कांग्रेस भित्र समेत सँधै सत्तामा रहे । उनका बाबु महेन्द्र नारायण निधिको विरासत बंशको आधारमा राजनीतिमा उदाएका निधिको कार्यकर्ता तहमा भने खासै लोकप्रीयता छैन ।

 

यद्धपी सत्ता र शक्तिमा रहँदा उनले बनाएको सम्बन्धलाई नै प्रयोग गरेर उनी कांग्रेस सभापतिमा जित्ने मनोदशामा छन् ।

उनै निधिले ठगी आरोपमा समेत विभिन्न निकायको छानबीनमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको धन्दामाथि संरक्षण गरेको पाइएको छ । खासगरि पछिल्लो समय ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पहलमा २ सय ६ वर्ष पुरानो समय फल्चा निर्माण कार्य अघि बढाएपछि मेयर महर्जनमाथि कांग्रेस भित्रैबाट घेराबन्दी गरिएको छ ।

२ सय वर्ष पुरानो समये फल्चा मिचेर भौतिक संरचना बनाएको श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले कांग्रेसका उच्च तहका नेतालाई दुरुपयोग गरेका छन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवाका प्रमुख स्वकिय सचिव भानु देउवालाई प्रयोग गरेर समय फल्चा निर्माणमा अवरोध गर्ने भरमग्दुर प्रयास समेत गरेको पाइएको छ ।

 


भण्डारी स्वयं पनि नेपाली कांग्रेस निकट वित्तिय तथा सहकारी विभागका सचिव हुन् । विभागका संयोजक समेत रहेका अनन्द ढुंगानालाई पनि उनले आर्थिक प्रभावमा पारेर दुरुपयोग गरिरहेका छन् । भण्डारीको आर्थिक प्रभावमा सबैभन्दा बढि फोन गर्ने र फल्चा निर्माणमा अवरोध गर्ने काममा भने पूर्व गृहमन्त्री समेत रहेका सभापतिका उम्मेदवार विमलेन्द्र निधि हुन् । निधिलाई भण्डारीले आगामी महाधिवेशनमा जिताउने र शेरबहादुर देउवालाई हराउनका लागि करोडौं लगानी गरेको स्रोतले जनाएको छ ।

भण्डारीको नेतृत्व रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था मार्फत निधि संरक्षक रहेको महेन्द्र नारायण निधि मेमोरियल ट्रष्टको नाममा कारोडौं ऋण प्रवाह भएको स्टेटमेन्ट नै दियोपोस्टले फेला पारेको छ ।
गोरखा घर भएका भण्डारीलाई पूर्व माओवादी नेता तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको संरक्षण छ ।

तर, उनलाई गत वर्ष भदौमा नेपाली कांग्रेसको वित्तिय संस्था तथा सहकारी विभागको सचिवमा मनोनयन गरिएको थियो । क्रियाशिल सदस्य नै नरहेका उनलाई निधिकै कोटाबाट सचिव बनाइएको चर्चा थियो ।

ऋणीको सम्पत्ति किर्ते मुल्यांकनको आधारमा ठगी गर्दै आएका भण्डारीलाई सिआइबीदेखि उच्च तहले छानबीन गरिरहेको छ । उनै भण्डारी समलग्न रहेको सहकारीबाट निधिको संरक्षक रहेको ट्रष्टले करोडौं रुपैयाँ लिएको पाइएको छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको पैसा मनोमानी रुपमा महेन्द्र नारायण निधि स्मृति अस्पतालमा लगानी शंकाष्पद लगानी गरिएको फेला परेको हो ।

 

यो आरोपलाई पुष्टि गर्ने गरी दियोपोस्टले केही कागजात समेत फेला पारेको छ । श्री लालीगुराँस सहकारीको २०७४ सालको ऋणीहरुको सुचिमा महेन्द्र नारायण निधि अस्पताल समेत रहेको पाइएको छ । उक्त सचि अनुसार प्रतिष्ठानले शुन्य प्रतिशत ब्याजमा लाखौँ रुपैयाँ निकालिएको छ ।

ऋणीहरुको सुचि अनुसार महेन्द्र नारायण निधि अस्पतालले शुन्य प्रतिशत ब्याजमा सन् २०१७ जुलाई ११ मा १७ लाख २८ हजार ७ सय १८ रुपैयाँ निकालेको देखिन्छ । यसरी शुन्य प्रतिशतमा ऋण दिनु बचत कर्ताहरुको रकममा मनोमानी गर्नु हो ।

ट्रष्टको नाममा सहकारीले मिडियम टर्म हाउजिङ लोन भनेर घरजग्गा कारोबारका लागि ऋण नै दिएको छ ।

सन् २०१७ जुलाईमै ट्रष्टको नाममा २ करोड रुपैयाँ ऋण निकालिएको छ । तर, करोडौँे ऋण निकालिएको भनेपनि ब्याज भने शुन्य प्रतिशत छ । सर्वसाधरणलाई भने भण्डारीको सहकारीले २१ प्रतिशत ब्याज र १५ प्रतिशतसम्म पेनाल्टी लगाउँदै आएको छ ।

 

सम्बन्धित खबर