धादिङ । धादिङको गजुरी गाउँपालिका २ मलेखु बजारमा निर्माण भएको मात्स्य गेट निर्माणका क्रममा भएको भ्रष्टाचारबारे महालेखा परिक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । १२ लाख रुपैयाँमा लागतमा निर्माण भएको मत्स्य गेटमा गाउँपालिका अध्यक्षसहित उच्च अधिकारीले घोटाला गरेको विषयमा दियोपोस्टले गत वर्ष नै खबर प्रकाशित गरेको थियो ।
महालेखाको ५८ औँ प्रतिवेदनमा उक्त विषय समेत उल्लेख गरिएको छ ।
गाउँपालिकाले स्थानिय भरत बराकोटीको नेतृत्वमा मत्स्य गेट निर्माण उपभोक्ता समिति गठन गरेको थियो । उनको नेतृत्वको समितिले मजदुरलाई समेत रकम नदिई घोटाला गरेको महालेखाले ठहर गरेको छ ।
समितिले गाउँपालिकामा पेश गरेको बिल भर्पाई अनुसार बराकोटीले ४४ जना श्रमिकलाई ज्याला बापत ३ लाख ११ हजार ४ सय रुपैयाँ दिइएको दाबी छ । तर, ४४ जना मध्ये ५ जना श्रमिकले मात्रै रकम बुझेर ल्याप्चे लगाएको महालेखाको ठहर छ । ३९ जनाको हस्ताक्षर र रकम बुझेको ल्याप्चे बिनै २ लाख ७६ हजार १४ रुपैयाँ खर्च भएको पाइएको छ । महालेखाले यस्तो विषयमा गाउँपालिकाबाट छानबीन गरि श्रमिकको पहिचान खुल्ने प्रमाणका आधारमा मात्रै श्रमिक पहिचान गर्नुपर्ने ठहर गरेको छ ।
मात्स्य गेट निर्माणमा मजदुरको नाममा भएको २ लाख ७६ हजार घोटाला बेरुजु भएको महालेखाले जनाएको छ । लागत अनुमान समेत पेश नगरि मत्स्य गेट निर्माण गरिएको थियो ।
के थियो माछाको मुर्तिमा भएको घोटालाकाण्ड ?