कोइला किन्न नसकेपछि उदयपुर सिमेन्ट उत्पादन बन्द : दशैंको बहानामा फर्जी सुचना !

दियो पोस्ट  

काठमाडौं । विगत १० वर्षदेखि कुनै अवरोध विना सञ्चालित उदयपुर सिमेन्ट उत्पादन बन्द भएको छ । महाप्रबन्धक न्यौपानेको लाचारीका कारण दशैंको बेला उद्योगले उत्पादन बन्द गरेको हो ।

विगतका वर्षहरुमा दशैंमा कर्मचारीलाई बोनस दिएर भएपनि उद्योग सञ्चालन हुँदै आएकोमा यसपाली भने कोइला नभएपछि दशैंको बहानामा उद्योग बन्द भएको सुचना सार्वजनिक गरिएको छ ।

सु्रोतका अनुसार तीन दिन अघि देखि नै कोइला अभावमा उदयपुर सिमेन्ट उत्पादन बन्द छ । तर, महाप्रबन्धक न्यौपानेको निर्देशनमा प्रकाशित एउटा सुचना अनुसार अगामी असोज २२ गतेसम्म उद्योग बन्द रहनेछ । उद्योग बन्द रहेपनि क्लिंकर उत्पादन गर्ने मेसिन चलिरहनेछ । जसका कारण उत्पादन नभएपनि विद्युतको महशुल भने उद्योगले व्यहोर्नुपर्ने हुन्छ । सिमेन्ट उत्पादन नै नभएपनि उद्योगले मासिक ६० लाख रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ ।

उद्योगमा कार्यरत एक कर्मचारीका अनुसार यसअघिका दशैंमा कहिले पनि उत्पादन नै बन्द हुने अवस्था आएको थिएन । तर, हालका महाप्रबन्धक न्यौपानेले व्यवस्थापन गर्न नसक्दा यस वर्ष दशैंको बहानामा उत्पादन बन्द भएको छ ।

 

सम्बन्धित खबर