बिहीबार नेप्से चार अंकले बढ्दा ८२ करोड ९६ लाखको सेयर किनबेच

दियो पोस्ट  

काठमाडौं । साताको पाचौं दिन आज नेप्से पुनः उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले बढेको नेप्से पुनः चार दशमलव १५ अंकले बढेर १८ सय ७० दशमलव ६३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा चढेको छ ।

नेप्सेमा बिहीबार दुई सय २२ वटा कम्पनीहरुको १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर खरिद(बिक्री भएकोमा कुल कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जलबिद्युत समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९४ अंकले बढेर १३ सय आठ दशमलव २९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ३४ दशमलव एक अंकले बढेर तीन हजार चार सय २६ दशमलव ८५ अंकमा पुगेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि ३२ दशमलव ६१ अंकले बढेर सात हजार पाँच सय ३८ दशमलव ५३ अंंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि १५ दशमलव २३ अंकले बढेर आठ हजार सात सय ७१ दशमलव २२ अंकमा चढेको छ । यि बाहेक फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ४५ प्रतिशतले घटेर सात रुपैयाँ ९५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर