सहकारीबाट ऋण मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

दियो पोस्ट  

काठमाडौं । सहकारीबाट ऋण मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।

अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट ३० लाख ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् । आरोपीले सदस्य पहिचान फारम र शेयर दरखास्त फारम भर्न लगाएर पीडितबाट ३ लाख १२ हजार ठगेको अनुसन्धानबाट खुलेको छ ।

थापाले आफु सो सहकारीको संचालक भएको दाबी गरेर विश्वासमा लिएर पैसा लिएपछि सम्पर्क बिहिन भएका थिए ।

सम्बन्धित खबर