पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीको निर्देशन

दियो पोस्ट  

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको बढाएको मूल्य नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।

शनिबार रातिबसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ वृद्धि गरेको थियो।

अब बजारमा पहिलेकै मूल्यमा पेट्रोल एक सय ८३, डिजेल र मट्टीतेल एक सय ७३ तथा आन्तरिक हवाई इन्धन र एक सय ३६ रुपैयाँ प्रतिलिटरमा नै किनबेच हुनेछ । त्यस्तै, बाह्य हवाई इन्धन १.०३६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपैयाँ प्रतिसिलिन्डर नै भएको छ ।