रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको डोजर जिल्लाको नगरपालिका–१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् । उनको आइतबार बेलुका घटनास्थमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिएका छन्।

सोही ठाउँ निवासी २५ वर्षीय जेसीबी चालक सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस