प्यूठानमा २८ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

प्यूठान । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन् ।

विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगी जबरजस्ती करणी गरेका थिए । सोही कारणले बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरी टोलीले उनलाई
पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।