जाङ गाउँ रित्तिँदै

दियो पोस्ट  

काठमाडौं । नाम्खा गाउँपालिका–६ जाङ गाउँका मानिस सुविधा खोज्दै सहर झर्न थालेपछि गाउँ रित्तिँदै गएको छ । लिमी जाङ गाउँका स्थानीय कुन्चोक तामाङले गाउँ रित्तिने अवस्थाम पुगेको बताउए । उनले सुरुमा ६४ घरधुरी भएको जाङ गाउँ अघिल्लो वर्षसम्म १७ घरधुरीले बसोबास गर्दै आएका थिए । यस वर्षबाट तीन घरधुरीमात्र गाउँमा बस्ने गरेका छन् । गाउँ छाडेर बाहिर जानुको मुख्य कारण असुविधा भएको स्थानीयले बताएका छन् ।

गाउँमा स्वास्थ्य संस्था नभएकाले ४ घण्टा हिँडेर अस्पताल धाउनुपर्ने स्थानीयको समस्या छ । हिउँका कारण केही महिना पैदल बाटोसमेत बन्द हुने सो गाउँमा कोही बिरामी भएको अवस्थामा काठमाडौंबाट हेलिकोप्टर रिजर्भ गर्नुपर्ने अवस्था छ । लिमीका तीन गाउँ तिल र हज्जीमध्ये जाङ गाउँबाट बढी काठमाडौंमा बस्दै आएका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार जाङ गाउँवासीले गाउँ छोड्ने क्रम बर्सोनि बढिरहेको छ । गाउँमा बस्ने तीन घरधुरी पनि कमजोर आर्थिक अवस्था भएका कारण बसेको बताइन्छ ।

आजको गारखापत्र पत्रिकामा खबर छ ।

सिफारिस