कञ्चनपुरमा अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

कञ्चनपुर । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका–६ ऐठपुर डेरा गरी बस्ने २० वर्षीय सुवास चन्दलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।