दोलखा सुन तस्करी प्रकरण: थप एक चिनियाँ नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने ६६ वर्षीय चिनियाँ नागरिक तासी दावा भन्ने आगर लामालाई स्वयम्भूबाट पक्राउ परेका हो ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।