छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिनपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले युपि ३१ बीवाई ४९२४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुवै जनालाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका–१० तिघरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित एक जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–२ बस्ने २६ वर्षीय सुनिल कुमार चौधरी रहेका छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो ।

साथै सर्लाहीको कौडेना गाउँपालिका–१ बाट अवैध लागूऔषध गाँजा २ केजी ३ सय ग्रामसहित एक जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय बिहारी राउत रहेका छन् । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको अधारमा प्रहरी चौकी सुन्दरपुर र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा उक्त गाँजा पेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २७ वर्षीय राजु चौधरी र सोही नगरपालिका–१९ बागफाटा बस्ने २० वर्षीय अमित चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस