भारतीले सर्वोच्चमा दिएको रिट निवेदनमाथिको सुनुवाइ सकियो, फैसला आउन बाँकी

दियो पोस्ट  

काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

उक्त रिट निवेदनको सुनुवाई न्यायाधीश मनोजकुमार शर्माको इजलासमा भएको हो  । मुद्दाको सुनुवाइ सकिए पनि  फैसला आउन बाँकी रहेको छ ।

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तरुण दलका नेता एवं गुण्डा नाइके रिगललाई आममाफी दिँदै रिहा गरेको थियो।

आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबारदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी थिइन् ।