गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

दियो पोस्ट  

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ ।  त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो ।

केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।

असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।