
काठमाडौं । राष्ट्रिय राजनीतिमा बेलाबेलमा चर्चामा आइरहने भूभाग हो, चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको लिमी उपत्यका । नाम्खा गाउँपालिका–६ मा पर्ने जाङ, तिल र हल्जी गाउँमा खाद्यान्न र औषधीको जहिल्यै अभाव हुन्छ । बेलाबेला चिनियाँ पक्षले साीम अतिक्रमण गरेको भन्दै संसद्मा समेत आवाज उठ्छ । तर, सीमा सुरक्षाका लागि राज्यका जाङ गाउँ रित्तिँदै गएको छ ।
१० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे । तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन् । जाङमा हाल १७ घरपरिवार मात्र बचेका छन् । ‘छोराछोरी पढाउन, उपचार गर्न सहर नै धाउनुपर्ने । गाउँम बसेरमात्र के गर्नु ? खाद्यान्नसमेत पाउँदैन । त्यही भएर सबै गाउँ छाडेर सहर हिँडे,’ स्थानीय कुन्चोक तामाङले भने, ‘अहिले गाउँमा १७ घर मात्र बाँकी छन् । त्यसमा पनि धेरैजसो सहर हिँड्ने तरखरमा छन् । अब पाँच–सात घर बाँकी रहन्छन् कि ?
कुन्चोकका अनुसार यहाँबाट बसाइँ सरेकाहरु धेरैजसो काठमाडौं गएका छन् । बसाइँ सर्न बाँकी रहेकामध्य पनि धेरैजसो चीनको ताक्लाकोटमा होटेल, पसल थापेका छन्, केही त्यही मजदुरी गर्छन् । कतिसमम्म भने स्थानीय तहका जनप्रतिनिधिसमेत राजीनामा दिएर गाउँ छाड्ने तयारीमा छन् । जाङबाट गाउँ कार्यापालिका सदस्य निर्वाचित पुटी लामाले राजीनामा दिएर सहर जाने जानकारी गराएको नाम्खा गाउँपालिका–६ का वडाअध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार जाङ गाउँस्थित फेलग्यालिङ गुम्बाको सामनसमेत काठमाडौं लग्नका लागि वडाका निवेदन आएको छ ।
‘जाङबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित पुटी लामाले राजीनामा दिएर जान्छु भनेका छन् । जाङमै रहेका फेलग्यालिङ गुम्बाको सामनसमेत काठमाडौं लग्नका लागि वडाका निवेदन आएको छ, वडाअध्यक्ष तामाङले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माणले प्राथमिकता पाएको छ । शिक्षा, स्वास्थ्यसहितका आधारभूत आवश्यकता गाउँमै पूरा गर्न लागिपरेका छौँ । तर, स्थानीय बासिन्दा एकपछि अर्को बसाइँ सर्दै जान थालेपछि जाङ गाउँ नै खाली हुन थालेको छ । यसले चिन्तित बनाएको छ ।’
आजको नयाँ पत्रिकाम खबर छ ।