झापामा १७ वर्षीया किशारी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदर्शीगाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेका छन् ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।