छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका–६ बस्ने २४ वर्षीय नजाम आलमसहित २ जना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १–०२–०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका(५ बस्ने ३५ वर्षीय मुकेश कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै कैलालीकै गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका–२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका–१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले से.२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।