बझाङका भूकम्पपीडितालाई सरकारले तत्काल ५० हजार रुपैयाँ दिने

दियोपोस्ट संवाददाता

काठमाडौं । बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा भएको छ ।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले सो घोषणा गरेका हुन् ।

पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएकाको र मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् । साथै घाइतेहरूको निःशुल्क उपचार हुने जनाएका छन् ।

प्रचण्डले भने, ‘सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माण के गर्न पर्ने हो निश्चित गरी काम अघि बढाउँछौं । भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्छौं।’

सम्बन्धित खबर