इजरायलमा ९ नेपाली घाइते, २ गम्भीर

दियोपोस्ट संवाददाता

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह इजरायलमा गरेको आक्रमणमा नेपाली पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएकोमा दुर्ईको अवस्था गम्भीर छ ।

दक्षिण इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । त्यस क्षेत्रमा रहेका नेपालीहरु घरभित्रैको सेल्टरमा सुरक्षित रहेको इजरालस्थित नेपाली दूतावासले जानाएको छ ।

दूतावास र गैरआवासीय नेपाली संघ इजरायलले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरेका छन् । अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीसँग निरन्तर समन्वय भइरहेको दूतावासको भनाइ छ । स्थानीय सुरक्षा निकायको निर्देशन पनि अक्षरशः पालना गर्न नेपालीलाई अपिल गरिएको छ ।

आजको कारोबार पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस