
काठमाडौं । जुम्मलाको चन्दननाथ माध्यमिक विद्यालयले १२ छात्रालाई विद्यालयबाट निष्कासन गरेको छ । जिल्ला फुटबल संघले आयोजना गरेको अन्तरविद्यालयस्तरीय अन्डर–१६ प्रतियोगिता चन्दननाथले बहिष्कार गरेकामा विद्यालयका छात्राले निर्देशन अवज्ञा गरेको भन्दै निष्कासन नै गरेको हो ।
१७ असोजमा भैरव माविविरुद्धको सेमिफाइनलमा चन्दननाथका छात्राले गोल गरे पनि रेफ्रीले अफसाइट निर्णय लिएको भन्दै विद्यालयले खेल नै बहिष्कार गरेको थियो । पक्षपात गरेको खेलमा छात्रछात्रा दुवै नपाउने निर्णय भएकोमा निर्देशन नमानेपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको चन्दननाथका प्रधानाध्यापक टंक महतले बताए ।
‘विद्यार्थीले हामीले भनेको मानेन् । विद्यालयको निर्णयको उल्लघंन गरे । एन्फाले अन्याय गरेको छ भन्ने थाहा पाउँदापाउँदै पनि खेल्न गएपछि हामीले छात्रालाई निष्कासन ग¥यौँ, ’उनले भने । चन्दननाथले १२ छात्रलाई पत्र थमाउँदै खेलमा सहभागी विद्यार्थीलाई निष्कासन गरिएको बताएको छ ।
छात्राको खेलमा कुनै विवाद नभएको र फाइनलम पुगिसकेकाले सोझैै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौँ भनेर सल्लाह गरिएको एक छात्रा खेलाडीले बताइन् । चन्दननाथले खेलमा पक्षपात भएको भन्दै एन्फामा निवेदनसमेत दिएको छ ।
जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले जर्सीम आएको विद्यार्थीलाई खेल खेलाइएको र त्यही निहुँमा विद्यालयबाट निष्कासन गर्नु अन्याय भएको बताए । विद्यालयको निणर्यविरुद्ध एन्फाले शिक्षा मन्त्रालयमा निवेदन दिन्छ । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले जिल्ला आएपछि आफूले यसबारे छलफल गर्ने बताए । ‘तर विद्यार्थीको पढ्न पाउने अधिकार वञ्चित हुन दिनेछैनौं,’ उनले भने ।
आजको नयाँ पत्रिकामा खबर छ ।