
मोरङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ र्। पक्राउ पर्नेमा जिल्लाको कटहरी गाउँपालिका(७ बस्ने ३० वर्षीय करण सरदा रहेका छन् ।
आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।