होटल एलो प्यागोडामा व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलियो

दियो पोस्ट  

काठमाडौं । राजधानीको कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको चर्चित व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो देलेको छ ।

कार्यक्रममा सहभागी हुन होटल भित्र प्रवेश गर्ने क्रममा उनीमाथि यस्तो दर्व्यवहार भएको हो ।

सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको  र शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।

कालोमासो दल्ने समूहको केही पहिचान प्राप्त नभएका कारण उनीहरूको खाजी जारी रहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रसाईं केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।