खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

दियो पोस्ट  

सुनसरी । सुनसरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङ रहेका छन् ।

उनले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निमालाई खुकुरीसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस