इजरायल भ्रमण नगर्न सरकारको आग्रह

दियो पोस्ट  

काठमाडौं । इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सरकारले सुझाव दिएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गरेका हुन् ।

इजरायलबाट नेपाल फर्कन चाहनेहरूको लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको छ । साउदले नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।

युद्धका कारण निधन भएकाहरूको शव सेनाको जिम्मामा हुने भएकाले सोहीअनुसार प्रक्रिया जारी रहेको साउदले बताएका छन् ।

समितिमा मन्त्रालयका स्रोतका अनुसार सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताएका छन् ।