
काठमाडौं । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई गै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ ।
एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन् । सार्वजनि विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न एसइई परीक्षा प्रदेशस्तरमा अनिवार्य सञ्चालन गर्नु पर्ने माग सरकारकै स्वामित्वमा रहेको सार्वजनिक विद्यालयका शिक्षकहरुले आवाज उठाएका छन् । हाल सरकारले संसद्मा दर्ता गराएको विद्यालयको शिक्षा विधेयक २०८० मा विद्यालय तह आधारभूत र माध्यमिक कायम गर्दै विद्यालय तहको परीक्षा दुई तहमा मात्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
आधारभूत तहको अन्तिम परीक्षा कक्षा ८ को परीक्षा स्थानीय तहले लिने र विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने प्रावधान राखिएको छ । कक्षा १० एसइई खारेजी गरी विद्यालयलाई नै सुम्पेको छ । तर विद्यालयमा विद्यार्थीसँगै शिक्षण सिकाइमा दिनरात साथै हुने शिक्षकले कक्षा १० को एसइई खारेजीले समंग्र विद्यालय शिक्षाको गुणस्तर खस्काउने तर्क गर्दै परीक्षा हुनुपर्ने र एसइईको परीक्षा प्रदेश सरकारको मातहतमा हुनुपर्ने तर्क गरेका छन् ।
ललितपुर महानगरपालिकामा रहेको त्रिपद्यम विद्याश्रम माविका सहप्रधानाध्यापक धनबहादुर कन्दवाङका अनुसार सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा १० को आठ सय पुर्णाक घटाएर सात सयमा पु¥याउनुको साथै विषयसमेत घटाएकाले यसले कक्षा १० र १२ मा विद्यार्थीको सिकाइ उपलब्धि नै फरक पार्नुको साथै परीक्षामा समेत नकरात्म असर पारेको छ । कक्षा १० मा गत वर्ष सम्म ६ अनिवार्य र दुई ऐच्छिक गरी कुल आठ विषय पढ्नुपथ्र्यो । हाल अनिवार्य पाँच विषयबाट स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाएर नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक अध्ययन गरी पाचँ अनिवार्य र दुई ऐच्छिक गरी कुल सात विषय सात सय पूर्णाकको मात्र अध्ययन गर्नुपर्छ । कक्षा १२ मा दुई अनिवार्य र चार ऐच्छिक गरी कुल ६ विषय मात्र पढ्नु पर्छ ।
कक्षा १० र १२ मा पढाइने विषय र पूर्णाक नै फरक छन्, सह प्रअ कन्दङवाले भने, ‘एकातिर अक्षरांकन प्रणालीको परीक्षाका कारण विद्यार्थीमा पढ्ने र सिक्ने बनी हटाउँदै गएको छ भने अब एसइई खारेजीले विद्यार्थी अध्ययन गर्न रुचाउने छैनन् । यसले विद्यार्थी शिक्षाको समग्र गुणस्तर खस्कन्छ । विद्यार्थी कक्षा १२ सम्म पुग्दा कमजोर सिकाइका हुन्छन् । यसले विश्वविद्यालयको प्रवेश आधार कमजोर बन्छ । त्यसपछि विद्यार्थी कक्षा १२ पछि त्रिभुवन विश्वविद्यालय भन्दा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढी पुग्छन् ।’
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।