
काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राहुल महारासहित ४ जना विरुद्ध मुद्दा दर्ता गरिएका हुन् ।
राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् । गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनीहरुविरुद्ध भन्सार चोरी निकासीको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
यसअघि नै यो प्रकरणमा सीआईबीले ६ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उनीहरु पुर्पक्षमा अहिले कारागारमा छन् ।