चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

दियो पोस्ट  

बाँके । बाँकेको जानकी गाउँपालिका–२ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले ३ वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं.३० बागेश्वरी गण बाँकेले सोमबार नियन्त्रणमा लिएको हो ।

सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए ।

बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।