हत्याको आरोपमा फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ

दियो पोस्ट

चितवन । चितवनमा हत्याको आरोपमा फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय तोयानाथ चापागाई (कृष्ण) रहेका छन् ।

मृतकको नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते सोही महानगरपालिका–७ बस्ने मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय
बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सोमबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर