सवारी दुर्घटनामा एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दिपक मिरिङचिङ मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका को.३१ प६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको ईटहरी नितान्त क्लिनिकमा उपचार भईरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस