सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङद्वारा विद्यालयलाई आर्थिक सहयोग

दियो पोस्ट  

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले आफ्नो तलब भत्ताबाट विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । तामाङले गत आर्थिक वर्षमा आफूले कुनै तलब भत्ता नलिने घोषणा गरेका थिए । उक्त रकम गाउँपालिकाको वडा नं. ९ स्थित श्री कालिका माध्यमिक विद्यालय, कोषभञ्ज्याङलाई हस्तान्तरण गरेका हुन् ।

उनले विद्यालयको शैक्षिक उन्नतिका लागि १ लाख २ हजार सहयोग गरेको विद्यालय प्रसाशनले जनाएको छ । अध्यक्ष तामाङले यो विद्यालय लगायत अन्य ३ विद्यालयमा समेत आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने  प्रतिवद्धता छ । तामाङ गत स्थिानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।