इटहरीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, ३ जना घाइते

दियो पोस्ट  

सुनसरी । ईटहरीमा २ वटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लाको इटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका को.३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार हुनुका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।