पर्सामा चोरीपैठारीको लत्ताकपडा बरामद

दियो पोस्ट  

पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका–५ रेल्वे मार्गबाट बुधबार करीव २ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र साईकल बरामद भएको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्यको लत्ताकपडा बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको छ ।