हर्नेट जस्तो देखिने बन्दुकसहित एक जना पक्राउ

दियो पोस्ट  

लमजुङ । लमजुङमा हर्नेट जस्तो देखिने बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुन्दरबजार नगरपालिका–८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा बिहीबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।