जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दियो पोस्ट  

भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ छन् । जिल्लाको सूर्यबिनायक नगरपालिका–८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१० घर भएका ३५ वर्षीय माला तामाङसहित ६ जना रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित बुधबार बेलुकी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।