स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित एकजना पक्राउ

दियो पोस्ट  

कास्की । कास्कीमा स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगर रहेका छन् । सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस