अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छिन् ।

विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारेकी थिइन् । पीडितलाई आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी  बिश्वास दिलाएकी थिइन् । पीडिकलाई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक–पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।