प्रहरीले ‘लुटपाट गर्ने’ समूहमाथि गोली चलाउँदा एक जना घाइते, ३ जना नियन्त्रणमा

७ राउण्ड पेस्तोल बरामद

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको र ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

‘गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलानलाई दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेर घाइते भएका उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

अन्य पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा रहेका छन् । उनीहरूबाट एउटा पेस्तोल, ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको हो । उनीहरूले के लुट्न लागेका हुन् भन्ने प्रहरीले खुलाएको छैन ।

घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

सिफारिस