विभागीय प्रमुखहरुमाथि महानगरको कडाइ, सबैको कार्यकक्षमा सिसिटिभी जडान

निरन्तर निगरानीले गोप्यता भंग हुने भन्दै केही विभाीय प्रमुख रुष्ट

दियो पोस्ट  

काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजामा कार्यालय सरेको काठमाडौै नगरपालिकाले पारदर्शी र चुस्त सेवा प्रवाहका लागि सबै कर्मचारी र विभागीय प्रमुखको कार्यकक्षमा सिसिटिभी जडान गरेको छ । एउटै भवनमा अटाएको महानगरका सबै विभाग, शाखा महाशाखाका सेवा सिसिटिभी जडानसँगै सेवा चुस्त देखिन थालेको छ ।

महानगरले नेपाल ट्रस्टको भवन १० वर्षका लागि भाडामा लिएर कार्यालय सारेको हो । नयाँ कार्यालय स्थापनासँगै मेयर बालेन्द्र साहले प्रत्यक्ष निगरानी गर्न सक्ने गरी सिसिटिभी जडान गरिएको हो । कार्यालयका १४ वटै विभागीय प्रमुख र सबैजसो कर्मचारीको कार्यकक्षमा सिसिटिभी जडान गरिएको छ । यस अधि सुन्धाराको बागदरबार र जेडी कम्प्लेकसलगायत ११ ठाउँमा महानगरका विभाग छरिएका थिए । कार्यालय छरिँदा निगरानी र कार्यसम्पादनमा एकरुपता थिएन । महानगरको कार्यालय तीन महिनाअघि (साउन) मा काठमाडौं प्लाजामा सरेको थियो ।

सिसिटिभी जडानपछि विभागीय प्रमुख समयमै कार्यलयमा पुग्न थालेका छन् भने कार्यलय समय अवधिभर कार्यकक्षमै हुने गरेका छन् । ‘सिसिटिभी जडानपछि कार्यसम्पादन र निगरानीमा सहजता भएको छ, कही जानुपरे विभागीय प्रमुख नियमअनुसार जानुहुन्छ,’ महानगरका प्रवत्ता नवीन मानन्धरले भने, ‘यसअघि धेरै ठाउँमा कार्यालय छरिएकाले मनिटरिङ गर्न सम्भव थिएन ।’ महानगरका सबै विभागका एक महिनाअघि सिसिटिभी जडान गरेको हो । यसअघि सेवा प्रवाह छिटो र छरितो भएका प्रवक्ता मानन्धरको दाबी छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भने सिसिटिभी जडानगरिएको छैन । साथै, मिटिङ तथा बैठक हलमा पनि सिसिटिभी छैन ।

आजको नयाँ पत्रिकामा खबर छ ।