बारामा गोली प्रहारबाट प्रिन्सिपलको हत्या, ६ जना पक्राउ

दियो पोस्ट  

बारा । बारामा सोमबार गोली प्रहारबाट प्रिन्सिपलको हत्या भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या गरेको आरोपा ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा ३ जना नेपाली र ३ जना भारतीय नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमध्ये एक जना महिला उनकै विद्यालयकी पुर्वशिक्षिका रहेकी छिन् ।

सोमबार दिउँसो २ वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरी बताएको छ ।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।