काठमाडाैं : गण्डकी प्रदेशको उत्तरी भूभागमा अवस्थित मुस्ताङ हिमालपारीको जिल्ला भनेर चिनिन्छ।
यो जिल्ला धवलागिरी र निलगिरी हिमशिखरहरूको बीचमा रहेको आकर्षक उपत्यकाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको छ।
अन्नपूर्ण हिमशृङ्खलाको उत्तरी भागमा पर्ने भएकाले यहाँ वर्षा न्यून मात्रामा हुन्छ र भू–भाग सुक्खा, चट्टानी र सुन्दर हिमाली दृश्यले भरिएको छ। उत्तरमा चिनको तिब्बतसँग सिमाना जोडिएको मुस्ताङ व्यापार, संस्कृति र परम्पराको संगमस्थल हो।
यहाँ उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिहरू बसोबास गर्छन् भने दक्षिण तिर थकाली, दलित र अन्य समुदायहरू रहन्छन्।
गुरुङ र थकाली जातिहरू बौद्ध धर्मका अनुयायी हुन् भने अन्य समुदायहरू हिन्दू धर्म अनुसरण गर्छन्। मुस्ताङ ऐतिहासिक लो–मन्थाङ दरबार, प्राचीन गुम्बा, गुफा, र अद्भुत हिमाली दृश्यका कारण पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ। यहाँको जीवनशैली, संस्कृति र वास्तुकला नेपाली पहिचानको अनमोल सम्पदा हो।
फोटोहरु:


















