निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगको कार्यलयमा सबै राजनीतिक दलका नेताहरू सम्मिलित सर्वदलीय बैठक सुरु भएको छ । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो ।

निर्वाचनको तयारी र कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उदेश्यले बिहीबारको छलफल आयोजना गरिएको निर्वाचन आयोगका प्रवक्ता एंव सुचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

निर्वाचन आयोगको सभाहलमा सुरु गरिएको छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन् । आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिन आयोगले आब्हान गरेको छ ।