काठमाडौँ । गत वर्ष विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । बंंगलादेशी अभियोजन पक्षले मानवताविरुद्धको अपराधको अभियोग लगाएर मृत्यु दण्डको माग गरेका हुन् ।
गत वर्ष जुलाईमा बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री हसिना देश नै छाडेर भाग्नुपरेको थियो। हाल उनी भारतको शरणमा छिन्।