
Lammela
काठमाडौं– बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ मा अवस्थित लाम्मेला गाउँ प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र उत्पादनशील क्षमताको अद्भुत सङ्गमका रूपमा चिनिन्छ।
यो गाउँको सीमा मालिका गाउँपालिका ९म्याग्दी० र बागलुङको तमान–३ र खुंखानी–५ सँग जोडिएको छ। भूगोलको हिसाबले सानो देखिए पनि स्थानीय उत्पादन, सीप र कलामा लाम्मेला अब्बल मानिन्छ।
प्राचीन समयमा यहाँ विभिन्न मेला र गौचरनहरू लाग्ने गर्थे। गाउँको बिचभागमा लाग्ने लामो मेलालाई स्थानीयले “लामो मेला” भन्थे, जसको अपभ्रंश हुँदै गाउँकै नाम ‘लाम्मेला’ रहन गएको मानिन्छ।
यो गाउँमा दलित र छन्त्याल समुदायको सामूहिक बसोबास छ, जसले लाम्मेलालाई विविध संस्कृतिको एउटा सानो नमुना बनाएको छ।
फोटोहरू :













