गगन थापा भन्छन्, ‘शक्तिको आधारमा सभामुखमाथि लगाइएको आरोप रफादफा हुनुहुँदैन’

दियो पोस्ट  

काठमाडौँ, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले जबरजस्ती आरोपमा दोषी देखिए सभामुखलाई पनि सामान्य नागरिकसरह कारवाही हुनुपर्ने बताएका छन् । मंगलबार बुटवलामा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले घटनाको निष्पक्ष छानविन हुनुपर्ने र सभामुख दोषी भए आम नागरिकसरह सजाय पाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता थापाले शक्तिको आधारमा न्याय मर्न नहुने अभिव्यक्ति दिएका छन् । ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा पनि हुनुहुन्छ भन्ने आधारमा यो केस रफादफा हुनुहुँदैन’ ,उनले भने, सभामुख दोषी भए कारवाही हुनुपर्छ, निर्दोष भए महिलालाई दण्डित गर्नुपर्छ ।’

करणीको आशय मात्र राखियो भनेपनि दण्डनीय हुने कानुनी व्यवस्था रहेको भन्दै थापाले महिलाले नै आफुमाथि बलात्कारको प्रयास भएको भनेपछि पृष्ठभुमिले कुनैपनि अर्थ नराख्ने बताए ।