आफुमाथि गम्भिर आरोप लागेपछि महराले दिए राजिनामा (राजिनामा पत्रसहित)

दियो पोस्ट  

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । उनले उपसभामुख समक्ष राजिनामा पत्र बुझाएका छन् ।

आफुमाथि गम्भिर आरोप लागेपछि अनुसन्धानको लागि बाटो खुलाउनका लागि राजिनामा दिएका हुन् ।

सभामुखमाथि संसद सचिवालयकै महिला कर्मचारीले आफुमाथि जबरजस्तीकरणीको प्रयास भएको आरोप लगाएपछि नेकपाको आकस्मिक वैठक बसेको थियो । मंगलबार प्रचण्ड निवास खुमलटारमा पार्टी केन्द्रिय नेताहरुको वैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक वैठक बसेको थियो ।

वैठकमा नेताहरुले घटनको अनुसन्धानको बाटो खुलाउनका लागि महराले सभामुख पदबाट राजिनामा दिनका लागि सुझाव दिएका थिए । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पनि मुलुकको उच्च अहोदामा बसेको ब्यक्तिमाथि गम्भिर आरोप लागेपछि नैतिकताको हिसाबबाट पनि राजिनामा दिन सुझाएका थिए ।

पार्टीकै नेताहरुको सुझाव पछि महराले सभामुखबाट राजिनामा दिएका हुन् । उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजिनमा पत्र बुझाएका हुन् । ‘हिजोदेखि विभिन्न संचारमाध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य , निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्म का लागि राजिनामा दिएको छु ।’ राजिनामा पत्रमा भनिएको छ ।

सिफारिस