काठमाडौँ, असोज १५ । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन् ।
शाहीले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । काँग्रेस निकटका संचारमाध्यमहरुले आफुलाई जबरजस्ती सभामुख बिरुद्ध बोल्न लगाएको खुलासा गरेकी छिन् । महराको बिरुद्धमा नबोलेको खण्डमा आफु र आफ्नो श्रीमानको ज्यान लिने धम्की दिएपछि वाध्य भएर आफुले महराबिरुद्ध हुँदै नभएको आरोप लगाएको बताएकी छिन् । फेसबुकमा उल्लेख गर्दै शाहीले आफुमाथि अत्याचार नै भएको हुँदा त्यस्ता तत्वहरुसँग नडराउने गरेकी छिन् ।
‘सभामुखमाथि लगाइएको आरोप झुठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो । जसको लागि मलाई प्रयोग गरियो । डर त्रास र धम्कीबाट तैले महरालाई बलात्कारको आरोप लगाइनस भने म र मेरो श्रीमानको ज्यान लिने धम्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ ।’ रोशनीले शाहीले फेसबुकमा लेखेकी छिन्, ‘एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले रक्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।
शाहीले महराको बदनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आरोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’
आफ्नो डेरा पत्ता लगाएर रातको समयमा आउने पत्रकारलाई उनले रअको पत्रकार समेत भनेकी छिन् । फेसबुमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने रअ पत्रकार’ ।