आजबाट देशैभर फोरजी सेवा, प्रधानमन्त्रीबाट शुभारम्भ हुने

दियो पोस्ट  

काठमाडौं, असोज १५ । नेपाल टेलिकमले आजदेखि फोर जी एलटीई सेवाको नेटवर्क देशभर विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्ने कार्यक्रम छ ।

बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको टेलिकमले जनाएको छ ।

यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा फोरजी उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ ।

सम्बन्धित खबर