१२ लाखको अवैध सुनसहित चावहिलबाट दुई जना पक्राउ

१२ लाखको अवैध सुनसहित चावहिलबाट दुई जना पक्राउ

काठमाडौं, असोज १५ । चावहिलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

Trending News