काठमाडौँ, असोज १५ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारीका लागि चिनियाँ जहान काठमाडौँ आएको छ । परिक्षण उडानको लागि आएको चिनियाँ जहाज बुधबार पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ अवतरण गरेको हो ।
चिनियाँ जहाज आएपछि नेपालका आन्तरिक उडान केही समयका लागि रोकिएको थियो ।
चिनियाँ जहाजबाट आएका अधिकारीहरुले विमानस्थलको सुरक्षाको बारेमा जानकारी लिएका थिए । उनिहरुले विमानस्थलका प्रशासन र सुरक्षा अधिकारीहरुसँग छलफलसमेत गरेका थिए ।
त्यसपछि आन्तरिक र अन्तराष्ट्रिय उडान पुनः सुचारु भएका छन् ।
चिनियाँ राष्ट्रपति सी नेपाल आउने चर्चा भएपनि दुबै देशले मिति भने तोकेको छैन ।