दसैँमा पनि सिसडोल खुला हुने, फोहोर संकलन नियमित रहने !

दियो पोस्ट  

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बडादसैँका बेला पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल रोकिए पनि बाटो खुला भएकाले पहिलो पटक सिसडोल दसैँको मुख्य दिनमा पनि खुला हुने भएको हो ।

दसैँको मुख्य दिन कर्मचारीलाई आलोपालो खटाएर र साँझ वा बिहानको समय मिलाएर फोहर उठाउने कामपाको योजना रहेको छ ।

कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सङ्कलन भएको फोहरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पुर्‍याइनेछ ।

सम्बन्धित खबर